• दुई वटा दल विभाजन भएपछि राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज

  • काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले राजनीतिक दलसम्बन्धी (दोस्रो संशाेधन) अध्यादेश खारेज गरेकी छन्।

    सरकारको सिफारिसमा राष्ट्रपतिले दल विभाजनलाई सहज हुने गरी ल्याएको अध्यादेश खारेज गरेकी हुन्।

    राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न सरकारले १ भदाैमा अध्यादेश ल्याएको थियो।

    शेरबहादुर देउवा नेतृत्वको सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर राजनीतिक दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ ल्याएको थियो।

    २ भदौमा राष्ट्रपतिले अध्यादेश जारी गरेपछि एमाले फुटेर माधवकुमार नेपाल नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी फुटेर महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी दर्ता भएका छन्।

    दुईवटा दल विभाजित भएर दर्ता भइसकेपछि अध्यादेश सरकारले खारेज गर्न सिफारिस गरेको हो। अध्यादेश कायम रहँदा अन्य दल पनि विभाजन हुन सहज भएपछि सत्तारूढ गठबन्धनका दल नै सशंकित थिए ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय