एजेन्सी। कोलम्बियाका फार्क विद्रोही समूहको आक्रमणमा परी पाँच जना सर्वसाधारको मृत्यु भएको सरकारी अधिकारीहरुले बताएका छन् ।
यो घातक घटना नारिनोको दक्षिणी भागमा पर्ने टुमाकोको एक ग्रामीण क्षेत्रको सार्वजनिक प्रतिष्ठानमा भएको सेनाले जनाएको छ ।
सन् २०१६ मा क्रान्तिकारी सशस्त्र बल फार्क (एफएआरसी) सँग शान्ति सम्झौतामा हस्ताक्षर भएयता सशस्त्र समूहबाट बारम्बार आक्रमण हुदै आएको बताइन्छ ।
एक गाडीमा प्रतिष्ठान आइपुगेका फार्क विद्रोहीहरु अन्धाधुन्ध गोली चलाएका सेनाद्वारा जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो भने गोली लागेका अरु तीन जनाको अस्पतालमा मृत्यु भएको बताइएको छ । यस घटनामा परी अन्य १२ जना घाइते भएका छन् ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।