

काठमाडाैं। सरकारले बीपी कोइराला राष्ट्रिय पुरस्कार स्थापना गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को आजको बैठकले बीपी कोइराला राष्ट्रिय पुरस्कार स्थापना स्थापना गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
सरकारले सार्वजनिक पद धारण गर्ने व्यक्तिको सपथ ग्रहण गर्ने सन्दर्भमा व्यवस्था गर्न बनेको विधेयक, तेजाब र अन्य घातक रासायनिक पदार्थको नियमनका सन्दर्भमा व्यवस्था गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्ले रासायनिक मल नियन्त्रण दोस्रो संशोधन आदेश, २०७८ स्वीकृत गरेको छ ।
बैठकले गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षमा विष्णुप्रसाद सुवेदी (गुल्मी) लाई नियुक्ति गरेको छ ।
सरकारले नेपाल प्रहरी, प्रदेश प्रहरी, कार्यसञ्चालन सुपरीवेक्षण समन्वय ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकलाई सङ्घीय संसद्समक्ष पेश गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ ।
बैठकले शिखर नगरपालिकालाई प्रशासनिक भवन निमार्ण गर्न सरकारी जग्गा भाडा (लिज)मा उपलब्ध गराउन स्वीकृति दिएको छ ।
बैठकले समाज कल्याण परिषद्का उपाध्यक्ष पदमप्रसाद खतिवडा, कोषाध्यक्ष लोकराज सुवेदी, सदस्य–सचिव पुष्कर खाती र सदस्यहरु मणिराम बन्जाडे, गोविन्दबहादुर शाही, नानीमाया थापा, ब्रह्मध्वज गुरुङ, सुशीला ज्ञावलीले दिनुभएको राजिनामा स्वीकृत गरेको छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
