• सांसद्बाट राजीनामा दिएर जनतामा जान एमालेलाई बाबुरामको चुनौती

  • पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले प्रमुख प्रतिपक्षी एमालेलाई संसद्‍बाट राजीनामा दिएर जनतामा जान चनौती दिएका छन् ।

    आफूले कारबाही गरेका १४ सांसदको शुचि सभामुखले प्रकाशित नगरेको भन्दै प्रतिनिधिसभामा निरन्तर अवरोधका बीच बजेटसँग सम्बन्धित विधेयक पारित भएपछि सोमबार संसद् भवनबाट बाहिरिने क्रममा भट्टराईले एमालेलाई यस्तो चुनौती दिएका हुन् । ‘उहाँहरूको अलिकति पनि नैतिकता छ भने राजीनामा गरेर जनताको बीचमा जानुपर्छ’ उनले भने ।

    सरकारको नेतृत्वमा हुँदा संसद् विघटन गरेको र अहिले संसद् अवरुद्ध गरिरहेको भन्दै भट्टराईले उक्त सुझाव दिएका हुन् । एमालेले संसद्‍मा लगाएका नाराबारे पनि भट्टराईले आपत्ति जनाए ।

    ‘जसले संविधान विपरीत गएर संसद् दुई-दुई चोटी विघटन गर्‍यो उसैले संवैधानिक सर्वोच्चता कायम गर भन्ने ? सर्वोच्चको फैसला मान्दिनँ भन्ने अनि संवैधानिक सर्वोच्चता ? जुन संसद् विघटन गरेको छ त्यो संसद्‍मा संसदीय मर्यादा कायम गर भन्ने ?,’ उनको प्रश्न छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय