

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १२ हजार ८१ पीसीआर तथा ३ हजार ४०७ एन्टिजेन परीक्षण गर्दा १ हजार २८२ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै, पछिल्लो २४ घण्टामा देशभर ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार १०३ पुगेको छ ।
सोमबार १ हजार २६२ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर १८ हजार ८४८ सक्रिय संक्रमित रहेका छन् ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

सिफारिस
लोकप्रिय