• प्रतिनिधिसभा बैठक बिहीबारसम्मका लागि स्थगित

  • प्रतिनिधिसभा बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ। बिहीबार दिउँसो १ः०० बजे बस्ने गरी बैठक स्थगित भएको हो ।

    आज बसेको बैठकमा राष्ट्रपतिबाट विनियोजन विधेयक प्रमाणिकरण भएको र राष्ट्रियसभाबाट बजेट आश्रित विधेयक पारित भएको जानकारी गराइएको थियो ।

    सोमबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट ‘विनियोजन विधेयक –२०७८’ प्रमाणीकरण गरी पठाएको पत्र सदनलाई पढेर सुनाएका थिए ।

    संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पठाइएको ‘विनियोजन विधेयक, २०७८’ राष्ट्रपति विद्यादेवी भण्डारीले असोज ७ गते प्रमाणीकरण गरेकी थिइन् ।

    त्यस्तै प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले आर्थिक विधेयक-२०७८ र राष्ट्र ऋण उठाउने विधेयक-२०७८ का बारेमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश पढेर सुनाएका थिए । सोमबारको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नाराबाजीसहित सदनमा अवरोध गरेको थियो ।

    भदौ २३ गतेबाट सुरु भएको प्रतिनिधिसभा बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर अवरोध गर्दै आइरहेको छ । नेकपा (एकीकृत समाजवादी)मा गएका आफ्ना १४ जना पूर्वसांसदहरूलाई पदबाट बर्खास्त गर्नुपर्ने माग गर्दै एमालेले निरन्तर सदन बैठक अवरुद्ध गर्दै आएको हो ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय