एजेन्सी। युरोपको इतिहासमा नै पहिलो पटक आइसल्यान्डको नयाँ संसदमा आधाभन्दा बढी सिटमा महिला सदस्य विजयी बनेका छन् ।
आइसल्याण्डमा सम्पन्न निर्वाचनको आइतबार सार्वजनिक गरिएको अन्तिम चुनावी परिणामले संसदमा बहुमत सदस्य पुगेका देखाएको छ ।
आइसल्याण्डको संसद (अल्थिङ) का ६३ सिटमध्ये ३३ सिट अर्थात् ५२.३८ प्रतिशत सीटमा महिलाको विजय भएको हो ।
विश्व बैंकका अनुसार अहिलेसम्म अन्य कुनै पनि युरोपेली मुलुकमा ५० प्रतिशतभन्दा बढी महिला कानून निर्माण गर्ने तह संसदमा पुगेका छैनन् ।
यसअघि स्वीडेनमा ४७ प्रतिशत नजिक महिला सांसदको प्रतिनिधित्व बनाउन सफल भएपनि उक्त रेकर्डलाई आइसल्याण्डले तोडिदिएको छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
सिफारिस
लोकप्रिय