• संवैधानिक परिषद्को बैठक स्थगित गर्न प्रचण्डको माग

  • नेकपा माओवादी केन्द्रले संवैधानिक परिषदको बैठक स्थगित गर्न माग गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार प्रमुख प्रतिपक्षी दलका नेता तथा सभामुखले समेत बैठकमा भाग नलिने निर्णय सार्वजनिक गरिसकेको अवस्थामा बैठक स्थगित गर्न माग गरेका हुन्।

    उनले संवैधानिक संरचनाको गरिमा समाप्त पार्ने मनसायको बैठकमा सहभागी नहुन पनि परिषदका सबै सदस्यहरुसँग आग्रह गरेका छन्।

    संविधानको मर्म र भावना विपरित संवैधानिक निकायहरूलाई निरंकुशताको मतियार बनाउने गलत मनसायसहित प्रधानमन्त्री केपी शर्मा ओली सरकारले अध्यादेशको दुरुपयोग गर्दै आएको माओवादीको ठहर छ।

    प्रधानमन्त्रीले भोलिका लागि संवैधानिक परिषद् बैठक बोलाएका छन्।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस