काठमाडौं । इटालियन सिरी ए मा युभेन्ट्सले साम्पाडोरियामाथि संघर्षपूर्ण जित हात पारेको छ ।
आइतबार साँझ भएको खेलमा युभेन्ट्स ३–२ ले विजयी भयो । युभेन्ट्सको मैदानमा पाउलो डिबालाले खेलको १०औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।
उनी घाइते भएपछि २१औं मिनेटमा मैदानबाट बाहिरिएका थिए। खेलको ४३ औं मिनेटमा लियोनार्डो बोनुचीले पेनाल्टीमा गोल गर्दै युभेन्ट्सलाई २-०ले अघि बढाए।
४४ औं मिनेटमा माया योसिडाले गोल गरेपछि साम्पडोरियाले खेललाई २-१ को अवस्थामा ल्यायो। खेलको ७८ औं मिनेटमा म्यानुएल लोकातेलीले गोल गरेपछि युभेन्ट्स ३-१ ले अघि बढेको थियो ।
साम्पाडोरियाका लागि खेलको ८३औं मिनेटमा एन्टोनियो कान्ड्रेभाले गोल गरेपछि खेल ३–२ को अवस्थामा आयो। त्यसपछि खेलमा दुवै टोलीले गोल गर्न नसकेपछि युभेन्ट्स विजयी भयो।
यो जितसँगै युभेन्ट्स ६ खेलमा ८ अंक जोडेर अंक तालिकाको नवौं स्थानमा रहेको छ भने साम्पडोरिया ५ अंकसहित १४औं स्थानमा छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।