• कांग्रेसले आफ्नै नेतृत्वको सरकार बनाउन पहल गर्ने

    nepali congress flag
  • २०७४ सालको निर्वाचनमा प्रमुख प्रतिपक्षी दलको भूमिका पाएको नेपाली कांग्रेस अन्तत आफ्नै नेतृत्वको सरकार बनाउन पहल गर्ने स्थितिमा पुगेको छ । सत्ता समिकरण गरेको माओवादीले सरकारलाई सहयोग नगरेको अवस्था र एमाले पनि दुई धुर्वमा देखिएपछि कांग्रेस आफ्नै नेतृत्वमा सरकार बनाउने स्थितिमा पुगेको जनाएको छ ।

    कांग्रेसको संसदीय दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने र आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ।

    शनिबार बसेको कांग्रेस संसदीय दलको बैठकले यसअघि पदाधिकारी बैठकले गरेको निर्णयलाई अनुमोदन गरेको हो। बैठकले प्रतिनिधि सभामा प्रधानमन्त्रीले राख्ने विश्वासको प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको प्रमुख सचेतक बालकृष्ण खाँडले बताए।

    प्रधानमन्त्रीको विश्वासको मत लिने प्रयास असफल हुने भएकाले अविश्वासको प्रस्ताव ल्याउनुको औचित्य नभएको प्रमुख सचेतक खाँडको भनाई थियो।प्रतिनिधिसभाको वैशाख २७ गतेको बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदै छन्। यस्तै, कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको विरोध गरेको छ। उसले संवैधानिक परिषद् बैठकमा सहभागी नहुन सदस्यहरूलाई आग्रह गरेको छ। आइतबार प्रधानमन्त्रीले संवैधानिक परिषद्को बैठक डाकेका छन्।

    बैठकले कोरोना महामारी नियन्त्रणमा सरकार पूर्ण रूपमा असफल भएको निष्कर्ष निकाल्दै जनताको जिवनरक्षामा केन्द्रित हुन सरकारको ध्यानाकर्षणसमेत गराएको छ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस