• कांग्रेस महाधिवेशनः ५५ जिल्लाका पालिकामा सम्पन्न, नौ जिल्लामा हुन सकेन

  • काठमाडौं । नेपाली काँग्रेसको १४औँ महाधिवेशनको प्रक्रियाअन्तर्गत ५५ जिल्लामा पालिका स्तरको अधिवेशन सम्पन्न भएको छ ।

    वडाधिवेशन सम्पन्न गरेका ६४ जिल्लामध्ये शनिबार ५५ जिल्लामा पालिका स्तरको अधिवेशन सम्पन्न गरिएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

    केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव यादवले उत्साहपूर्वक पालिका स्तरको अधिवेशन सम्पन्न भएको जानकारी दिए । संयोजक यादवका अनुसार शनिबार विभिन्न नौ वटा जिल्लामा पालिका स्तरको अधिवेशन सम्पन्न हुन सकेन ।

    निर्वाचन सम्पन्न हुन नसकेका जिल्लामा जुम्ला, नवलपुर, गुल्मी, बर्दिया, ललितपुर, काठमाडौँ, मोरङ, सोलुखुम्बु र सिन्धुपाल्चोक रहेका छन् ।

    निर्वाचन समितिका अनुसार जुम्लामा आइतबार र नवलपुर, गुल्मी, बर्दिया र ललितपुरमा आगामी सोमबार पालिका स्तरको निर्वाचन हुनेछ ।

    काठमाडौँमा असोज १६ गतेका लागि तय गरिएको छ । बाँकी तीन जिल्लाको मिति तय भएको छैन ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस