• तालिवानविरुद्ध अमेरिकी प्रतिबन्ध तत्काल नहट्ने

  • एजेन्सी। अमेरिकाले तालिवानविरुद्धको प्रतिबन्धलाई तत्काल नहटाउने भएको छ ।

    यद्यपि अफगानिस्तान आवश्यक मानवीय तथा भौतिक विकासका लागि सहयोग गर्न भने कुनै अवरोध सिर्जना नगर्ने बताएको छ ।

    अमेरिकाले दुईवटा इजाजतपत्र प्रदान गर्दै विभिन्न निकायहरुलाई मानवीय सहायता प्रदान गर्न अनुमति दिएको हो ।

    तालिवानीमाथि प्रतिबन्ध लगाएसँगै अफगानिस्तानमा जारी मानवीय संकट झन बढ्ने भन्दै अमेरिकाले आर्थिक सहायता बढाउन चाहेको जनाएको छ । सो सहायता त्यहाँ रहेका सर्वसाधारणलाई अति आवश्यक वस्तु सहयोगमा केन्द्रीत रहने बताइएको छ ।

    लामो समयको युद्धसँगै अफगानिस्तामा ठूलो मात्रामा मानवीय सहायताको खाँचो रहेको राष्ट्रसंघले यसअघि नै बताएको थियो ।

    २० वर्ष लामो युद्धपछि अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएसँगै तालिवानीले गत महिना देश नियन्त्रणमा लिएको थियो ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय