• सातमहिने शिशु र युवकको शव भेटियो

  • सर्लाही। सर्लाही सदरमुकाम मलंगवाका छुट्टाछुट्टै स्थानमा सातमहिने शिशु र एक युवकको शव फेला परेको छ ।

    मलङ्गवा नगरपालिका–४ स्थित सार्वजनिक पोखरीमा सातमहिने शिशुको शव फेला परेको छ भने मलङ्गवा–७ गणेशियास्थित नहरमा अन्दाजी ४० वर्षीय एक युवकको बेवारिसे शव फेला परेको हो ।

    आज बिहान करिब १० बजे पोखरीमा सातमहिने बालकको शव स्थानीयबासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यस्तै दिउँसो नहरमा माछा मार्न गएका व्यक्तिले युवकको शव देखेपछि प्रहरीलाई जानकारी गराएको थियो ।

    दुवै शवको अहिलेसम्म पहिचान खुलेको छैन । दुवै शव अहिले मलङ्गवा अस्पतालमा राखिएको छ । दुवै शवका विषयमा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय