![](https://forwardkhabar.com/wp-content/uploads/2025/01/priminister-kp-oli-80x100.jpeg)
![nepali congress flag](https://forwardkhabar.com/wp-content/uploads/2021/05/nepali-congress-flag.jpg)
काठमाडाैं। नेपाली कांग्रेस काठमाडौंको नगर अधिवेशन असोज १६ गते हुने भएको छ ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिले वडा अधिवेशन सम्पन्न भएका जिल्लाको पालिका एवम् नगर अधिवेशन असोज ९ गते गर्ने निर्णय गरे पनि काठमाडौँको भने असोज १६ गते शनिबार हुने भएको हो ।
काठमाडौँका प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता नरहरि आचार्यले यही असोज ५ गते गरिएको वडा अधिवेशनबाट निर्वाचित क्रियाशिल सदस्यताको पूरा नामावली निर्वाचन समितिले तयार पार्न केही ढिलाई भएको र केही वडामा पुनःनिर्वाचन गर्नुपर्ने भएकाले असोज १६ गते नगर अधिवेशन गर्न लागेको जानकारी दिए।
‘थप गरिएका मतदाता नामावलीको नाम वडामा नपुगेको र पुगेका नामावलीमा विवाद भएको कारण दक्षिणकाली नगरपालिका–२ र कागेश्वरी मनोहरा नगरपालिका–५ को वडा अधिवेशन पुनःगराउनुपर्ने भएकाले कार्यतालिका एक हप्ताका लागि सारेका हौँ’, प्रमुख निर्वाचन अधिकृत आचार्यले भने।
दश प्रतिनिधिसभा निर्वाचन क्षेत्र र २० प्रदेशसभा निर्वाचन क्षेत्र रहेको काठमाडौँमा काठमाडौँ महानगरपालिकासहित ११ स्थानीय तह र १३८ वडा रहेका छन् ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
![Avatar photo](https://forwardkhabar.com/wp-content/uploads/2023/07/cropped-unnamed-96x96.jpg)