माधव नेपाल पक्षका नेताहरूले एमाले फुटाएर समाजवादी पार्टी गठन गरेपछि साम्य देखिएको एमाले विवाद फेरि बढेको छ ।
पहिले जस्तै दोस्रो धारका नेताहरूले केन्द्रियसमितिको बैठक बहिस्कार गर्ने चेतावनी दिन थालेका छन् ।
उनीहरुले एमाले एकताका लागि प्रस्ताव गरिएको १० वुँदे प्रस्तावको कार्यान्वयन नभएको भन्दै नेतृत्वलाई दबाब दिन थालेका छन् ।
विधान महाधिवेशनको पूर्व तयारीमा राखिएको केन्द्रीय समिति बैठकमा उनीहरुले १० वुँदे कार्यान्वयन नभएसम्म बैठक बहिस्कार गर्ने चेतावनी दिएका छन् ।
स्रोतकाअनुसार यस्तो पक्षमा उपाध्यक्ष भीम रावललगायत १० नेता रहेका छन् ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
सिफारिस
लोकप्रिय