• देशभर थपिए एक हजार २३९ सङ्क्रमित

  • काठमाडाैं। नेपालमा पछिल्लो २४ घण्टामा एक हजार २३९ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्यांकअनुसार १५ हजार २४३ नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

    नेपालमा सङ्क्रमण दर १९.१ प्रतिशत छ । योसँगै हाल देशभर सक्रिय सङ्क्रमित २० हजार ७४३ जना छन् ।

    त्यस्तै ५ सय भन्दाबढी सङ्क्रमित भएका जिल्ला नौ र २ सय भन्दा बढी सङ्क्रमित भएका जिल्ला २० छन् ।

    अहिले ५०० भन्दा बढी सङ्क्रमित हुने जिल्लामा मोरङ, सुनसरी, झापा, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, कास्की र रुपन्देही छन् ।

    पछिल्लो २४ घण्टामा एक हजार ३२४ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा हालसम्म सङ्क्रमणमुक्त हुने कूल सङ्ख्या सात लाख ५६ हजार ९५४ पुगेको छ । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९६ प्रतिशत छ ।

    सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा १३ जनाको ज्यान गएको छ । अहिलेसम्म सङ्क्रमणबाट ११ हजार ७२ जनाको निधन भइसकेको छ ।

    हाल देशभर ३४० सघन उपचार कक्ष, १११ भेन्टिलेटर, १९ हजार ४३७ होमआइशोलेसन, एक हजार ३३४ संस्थागत आइशोलेसन र २४६ जना क्वारेन्टिनमा छन् ।

    आज एक लाख ३८ हजार ३८५ जनाले खोप लगाएका छन् । अहिलेसम्म पहिलो मात्रा ६२ लाख ९३ हजार ८९ र पूर्ण मात्रा ५८ लाख ६० हजार ९२९ जनाले लगाइसकेका छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय