• दलसम्बन्धी अध्यादेश फिर्ता गर्ने तयारीमा सरकार

  • काठमाडौं । सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिने तयारी गरेको छ । दल विभाजनको ‘मिसन’ पूरा भएपछि सरकारले अध्यादेश फिर्ता लिने तयारी गरेको हो ।

    आफ्नै पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई हटाएर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेपछि नेता माधव नेपाल अप्ठ्यारोमा परेका थिए । अर्कोतिर ओली सरकारमा सहभागी भएपछि तत्कालीन जसपाको महन्थ ठाकुर पक्ष दलविहीनको अवस्थामा पुगेको थियो ।

    उनीहरूलाई पार्टीबाट अलग भएर नयाँ दल बनाउने बाटो खुलाउन सरकारले गत भदौ १ गते अध्यादेश जारी गरेको थियो । जसमा २० प्रतिशत केन्द्रीय समितिका सदस्य वा २० प्रतिशत सांसदले दल फुटाउनसक्ने व्यवस्था राखिएको छ । अध्यादेशमा प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले २१ दिनसम्म दल छनौट गर्न पाउने प्रावधान राखिएको थियो ।

    सोही ‘मिसन’ अनुसार एमालेबाट फुटेर माधव नेपालको नेतृत्वमा नेकपा ९एकीकृत समाजवादी० र महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी बनिसकेको छ । निर्वाचन आयोगले भदौ २२ गतेसम्म प्रदेश र स्थानीय जनप्रतिनिधिलाई दल रोज्न पाउने सुविधा दिएको थियो ।

    त्यसैका आधारमा सरकारले भदौ २३ गते अध्यादेश खारेज गर्ने यारी गरेको थियो । तर, त्यसअघि नै एमालेकातर्फबाट अध्यक्ष ओलीले नै अध्यादेश खोरेजीसहित निर्वाचन आयोग र सभामुखले गरेका निर्णय खारेजीको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । त्यही रिटका कारण नेता नेपाललाई अप्ठ्यारो भयो र सरकारले अध्यादेश संसद्मा पेश गरेको छ ।

    अहिले सरकार विस्तारमा त्यही अध्यादेश ‘घाँडो’ भएको छ । जसपाले अध्यादेश फिर्ता सरकारमा सहभागी हुनका लागि सर्त बनाएपछि सरकारले अध्यादेश फिर्ता लिएरै मन्त्रिपरिषद्र्लाइ पूर्णता दिने तयारी गरेको छ

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय