काठमाडौं । गुगलले आफ्ना कर्मचारीलाई हप्तामा ३ दिन कार्यालय आएर काम गर्न प्रोत्साहन गरेका छन् ।
कर्मचारीहरुलाई ईमेल लेख्दै गुगलले अमेरिकामा लकडाउन खुकुलो भएसँगै अफिसमै आएर काम गर्दा फाइदा हुने भन्दै यस्तो आग्रह गरेका हुन् ।
गत वर्ष काेभिड १९ ले महामारी रूप लिएसँगै ठूला कम्पनीमध्ये गुगलले सबैभन्दा पहिले ‘वर्क फ्रम हाेम’ काे अभ्यास सुरू गरेकाे थियाे । लकडाउन सहज भएसँगै गत अप्रिल महिनादेखि गुगलले आफ्नो कार्यालय सुचारु गरेको छ ।
अब भने कर्मचारीहरुलाई घर र कार्यालय दुबैबाट काम गर्ने (हाइब्रिड) विषयमा उसले खाका तयार गरेको छ । कम्पनीका अनुसार अब चार हप्ताभन्दा धेरै समय लगातार कार्यालयभन्दा बाहिरबाटै काम गर्नुपरेमा कार्यालयमा निवेदन दिनुपर्नेछ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।