• थप १,४७८ जनामा कोरोना सङ्क्रमण, ६ जनाको मृत्यु

  • काठमाडाैं। नेपालमा पछिल्लो २४ घण्टामा एक हजार ४७८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले १३ हजार ९३० वटा नमूना परीक्षण गर्दा एक हजार ४७८ जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिए।

    नेपालमा सङ्क्रमण दर १९.१ प्रतिशत रहेको छ । योसँगै हाल देशभर सक्रिय सङ्क्रमित २१ हजार १३९ जना रहेका छन् । उनका अनुसार ५ सय भन्दाबढी सङ्क्रमित भएका जिल्ला नौ र २ सय भन्दा बढी सङ्क्रमित भएका जिल्ला २१ छन् ।

    पछिल्लो २४ घण्टामा एक हजार ६३० जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा हालसम्म सङ्क्रमणमुक्त हुने कूल सङ्ख्या सात लाख ५५ हजार ६३० छ । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९५.९ प्रतिशत छ ।

    यस्तै सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ।

    अहिलेसम्म सङ्क्रमणबाट ११ हजार ५९ जनाको मृत्यु भइसकेको छ। हाल देशभर ३३४ जना सघन उपचार कक्षमा, ११९ जना भेन्टिलेटरमा, १९ हजार ८०५ जना होमआइसोलेसन, एक हजार ३३४ जना संस्थागत आइसोलेसन र २४३ जना क्वारेन्टिनमा छन् ।

    आज एक लाख ५६ हजार १८ जनाले खोप लगाएका छन् । अहिलेसम्म पहिलो मात्रा ६२ लाख ६२ हजार ८७० र पूर्णमात्रा ५७ लाख ५२ हजार ८५३ जनाले लगाइसकेका छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय