![](https://forwardkhabar.com/wp-content/uploads/2025/01/priminister-kp-oli-80x100.jpeg)
![](https://forwardkhabar.com/wp-content/uploads/2021/04/beaten-to-death-1538703563-1563041099-1592017534-1599378557.jpg)
राेल्पा। रोल्पामा भीरबाट खसेको ढुङ्गा लाग्दा आमाछोरीको मृत्यु भएको छ ।
रोल्पा नगरपालिकाका–९ निवासी २७ वर्षीय सङ्गीता पुन र उनकी दुई वर्षीय छोरी कृतिकाको भिरबाट पहिरोसहित खसेको ढुङ्गाले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले बताएको छ ।
घर नजिकै रहेको मकैबारीबाट बाँदर हेरेर घर फर्कने क्रममा ढुङ्गाले लागेको प्रहरीले बताएको छ । भिरदेखि ४०० मिटर तल खोल्साको पानीमा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी निरीक्षकको टोलीले घटनास्थलबाट शवपरीक्षणका लागि जिल्ला अस्पताल लगेको प्रहरी निरीक्षक सन्तोष केसीले बताए ।
त्यसैगरी विवाह भोज खाएर फर्कने क्रममा रोल्पा नगरपालिका खुमेलका ४२ वर्षीय तीर्थलाल थापाको घर नजिकैको खरबारीमा लडिरहेको अवस्थामा फेला परेको र नीजको उपचारका क्रममा आज मृत्यु भएको जिप्रका रोल्पाले जानकारी दिएको छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
![Avatar photo](https://forwardkhabar.com/wp-content/uploads/2023/07/cropped-unnamed-96x96.jpg)