काठमाडाैं। टोकियो पारालम्पिकमा उत्कृष्ट प्रदर्शन गरेकी तेक्वान्दो खेलाडी पलेशा गोबर्द्धन मंगलबार १ लाख नगदसहित सम्मानित भएकी छन् ।
नेपाल तेक्वान्दो संघ उपाध्यक्ष एवं सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जनले पूर्व घोषित पुरस्कार मंगलबार पलेशालाई प्रदान गरेका हुन् । महर्जनले पलेशालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे ।
टोकियो पारालम्पिकमा पलेशाले २ खेल जितेकी थिइन् । मुख्य ‘ड्र’ को पहिलो खेलमा पलेशा बेलायतकी खेलाडीसँग पराजित भएकी थिइन् ।
रिपाचेजमा अमेरिका र सर्बियाकी खेलाडीलाई हराएर पदकनजिक पुगेकी पलेशा फाइनलमा चीनकी खेलाडीसँग चुकेकी थिइन् ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
सिफारिस
लोकप्रिय