नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३३० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ६२२ नमुनाको पिसिआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण पाँच जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५३ पुगेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा १ हजार ८३० जना संक्रमणमुक्त भएका छन् । योसँगै दृशभर कोरोना संक्रमणमुक्त हुनेको संख्या ७ लाख ५४ हजार पुगेको छ ।
हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या २१ हजार ५२४ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
सिफारिस
लोकप्रिय