• माओवादीले केन्द्रदेखि स्थानीय तहसम्मको नेतृत्व निर्वाचनबाटै चयन गर्ने

  • सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)ले पार्टीको केन्द्रदेखि स्थानीय तहसम्मको नेतृत्व निर्वाचनबाटै चयन गर्ने भएको छ ।

    पार्टीले वडा, जिल्ला, प्रदेश र संघीय निर्वाचन क्षेत्र र केन्द्रीय समितिसहित सबै कमिटीको नेतृत्व निर्वाचनमार्फत चुन्ने कार्यविधि बनाएको हो । माओवादी केन्द्रको पहिलो पटक निर्वाचनमार्फत नेतृत्व चयन हुन लागेको हो । यसअघि सर्वसम्मतका आधारमा नेतृत्व चयन हुँदै आएको थियो ।

    आगामी पुस ११ देखि १३ गतेसम्म हुने तय भएको राष्ट्रिय सम्मेलनअघि नै तल्लो तहका कमिटीहरूको नेतृत्व चयन गरिसक्ने माओवादीको योजना रहेको माओवादी केन्द्रीय कार्यालय इन्चार्ज एवं स्थायी कमिटी सदस्य वर्षमान पुनले जानकारी दिए । उनका अनुसार वडादेखि केन्द्रसम्म दुई लाख ८५ हजार पदहरुमा निर्वाचनमार्फत चयन हुनेछन् ।

    सोमबार मात्र केन्द्रीय निर्वाचन समितिको भर्चुअल अभिमूखीकरण बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता पुन सहभागी भएका थिए । सो बैठकमार्फत उनीहरूले तयारीमा जुट्न मातहत कमिटीलाई निर्देशन दिएका थिए ।

    बैठकमा नेता पुनले प्रदेश निर्वाचन आयोगले छिट्टै नगर तथा गाउँ र वडा निर्वाचन समिति गठन गरी निर्वाचन केन्द्रित काम अघि बढाउने जनाए ।

    बैठकमा १८० केन्द्रीय सदस्य, ७ भौगोलिक र ३ गैरभौगोलिक गरी १० प्रदेशका प्रेदश निर्वाचन समितिका पाँच–पाँच जना सहभागी रहेको केन्द्रीय निर्वाचन समितिको भर्चुअल अभिमूखीकरण बैठकमा उनले बताए ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय