• आज काठमाडौंसहित ७ जिल्लामा कांग्रेसको वडा अधिवेशन

  • १४औं महाधिवेशनअन्तर्गत आज (मंगलबार) नेपाली कांग्रेसले काठमाडौंसहित सात जिल्लामा वडा अधिवेशन गर्दै छ। 

    कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार आज काठमाडौं, काभ्रे, सिन्धुपाल्चोक, कपिलवस्तु, मोरङ, बर्दिया र बाजुरामा वडा अधिवेशन गर्न लागिएको हो। 

    गत १८ देखि जारी वडा अधिवशेन यसअघि कांग्रेसले ५७ जिल्लामा सकाएको छ।

    क्रियाशील सदस्यताको सूची बनाउन ढिला भएका काठमाडौंसहित उल्लिखित थप ७ जिल्लामा आज असोज ५ गते वडा अधिवशेन गर्न लागिएको हो। 

    यसपछि पनि १३ जिल्लामा कांग्रेसले वडा अधिवेशन गर्न बाँकी रहनेछ। प्रदेश नम्बर २ का सबै (८) जिल्ला, रसुवा, बाँके, कैलाली, सुर्खेत र रोल्पामा क्रियाशील सदस्यताको विषय नटुंगिएकाले वडा अधिवेशन हुन नसकेको हो। 

    नेपाली कांग्रेसको १४औं महाधिवेशन मंसिर ९–१३ गते काठमाडौंमा गरिँदै छ। 

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय