

काठमाडाैँ । हाल गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्य मौसम बदली छ भने बागमती र सुदूरपश्चिम प्रदेशमा मौसम आंशिकदेखि सामान्यसम्म बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै अन्य प्रदेशमा मौसम आंशिक बदली छ।
महाशाखाका अनुसार लुम्बिनी प्रदेशका केही तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भने हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ।
यस्तै आज दिउँसो देशभर मौसम सामान्य बदली रहनेछ। साथै बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही र अन्य प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। यस क्रममा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाले मंगलबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार राति मौसम देशभर आंशिकदेखि सामान्यसम्म बदली रही बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही र अन्य प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
