• दीप बस्न्यातलाई पाँच लाख धरौटीमा रिहा गर्न आदेश

  • काठमाडाैं। सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा थुनामा रहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई पाँच लाख धरौटी लिई रिहा गर्न आदेश दिएको छ।

    न्यायाधीशद्वय डा.आनन्दमोहन भट्टराई र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलाशले बन्दीप्रत्यक्षीकरणका निवेदनमा सुनुवाइ गर्दै विशेष अदालतको आदेशबाट थुनामा रहेका बस्न्यातलाई उक्त रकम लिई धरौटीमा रिहा गर्ने आदेश जारी गरेको हो।

    कोरोना संक्रमण भएर अस्पतालमा भर्ना भएको र मुटु रोगीसमेत भएको हुँदा धरौटीमा रिहा भई मुद्दा लड्न पाउनुपर्ने माग गर्दै वैशाख १७ गते उनका ज्वाइँ प्रज्वल अधिकारीले बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दायर गरेका थिए।

    सरकारी जग्गा व्यक्तिका नाममा ल्याउन मुख्य भूमिका निर्वाह गरेको आरोपमा बस्न्यातविरुद्ध आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

    आयोगले बालुवाटारको ११३ रोपनी सरकारी जग्गा कीर्ते गरी व्यक्तिका नाममा दर्ता गरेका अभियोगमा चार मन्त्री र तीन पूर्वसचिवसहित ११० जनाविरुद्ध विसं २०७६ माघ २२ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस