काठमाडौं । नेकपा एमाले स्थायी कमिटी बैठक पनि बस्ने भएको छ । एमाले संसदीय दलका सचेतक विशाल भट्टराईका अनुसार बैठक दिउँसो १ बजे बस्नेछ ।
यसअघि आइतबार बसेको बैठकमा स्थायी कमिटी सदस्यहरूलाई आउँदो विधान महाधिवेशनसँग सम्बन्धित दस्तावेज बाँडिएको थियो । पार्टीको सांगठनिक, राजनीतिकलगायत दस्तावेज बाँडिएको हो । यही असोज १५ देखि १७ गतेसम्म एमालेको विधान महाधिवेशन हुँदै छ ।
केही स्थायी कमिटी सदस्यहरूले दस्तावेज र विधान महाधिवेशनका सन्दर्भमा आइतबार नै आफ्ना सुझाव दिएका थिए । आज बाँकी सदस्यहरूले सुझाव दिएपछि त्यसलाई पारित गरिने छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
सिफारिस
लोकप्रिय