• बलात्कारको मुद्दा हाल्ने धम्की दिएर ५० लाख लुट्ने ३ युवती पक्राउ

  • दाङ। एक व्यावसायी पुरुषलाई होटलमा खाजा खान बोलाई १८ लाख लुट्ने तीन जना महिलालाई प्रहरीले दाङको घोराहीबाट नियन्त्रणमा लिई सार्वजनिक गरेको छ।

    हनी ट्रयापमा पारेर उनीहरूले पैसा असुलेको प्रहरीले जनाएको छ। ‘होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा हाल्ने धम्की दिई १८ लाख असुलेको पाइयो’, दाङ प्रहरी स्रोतले भन्यो।

    १ लाख नगद र १७ लाख चेक लिएका घोराही–१५ की ३२ वर्षीया सीतादेवी थापा, ३५ वर्षीया खुमा वली र ३२ वर्षीया सुष्मा परियारलाई प्रहरीले सार्वजनिक गरेको हो। अनुसन्धानका क्रममा ५० लाख रुपैयाँको बार्गेनिङ गरी १८ लाख लिएको पुष्टि भएको छ।

    मुलुकी अपराध संहिता २०७४ को ठगी, आपराधिक आर्थिक लाभसम्बन्धी कसुरको दफा २५३ को उपदफा १ र २ बमोजिम कसुर गरेको अभियोगमा प्रहरीले मुद्दा चलाउन लागेको छ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय