एजेन्सी। बंगलादेशमा चीनमा निर्मित कोरोनाविरुद्धको थप ५० लाख खोप लगिएको छ ।
चिनियाँ कम्पनी सिनोफार्मद्धारा निर्माण गरिएको सो खोप चीनले सहयोगस्वरूप बंगलादेशलाइ उपलब्ध गराएको हो।
बंगलादेशको स्वास्थ्य मन्त्रालयका प्रवक्ता मैदुल इस्लाम प्रोधानले भने, ‘बंगलादेशको राष्ट्रिय एयरलाइन्सको विमान बंगलाबाट ५० लाख डोज खोप बंगलादेश आइपुगेको छ ।’
चीन सरकारसँग भएको महामारीविरुद्धको लडाइँमा सहयोगस्वरुप बंगलादेशले सो खोप प्राप्त गरेको हो । चीन सरकारले बंगलादेशलाई यसअघि पनि खोप सहयोग गरेको थियो ।
बंगलादेशको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म बंगलादेशले चीनबाट करिब २ करोड ५० खोप सहयोग गरेको छ । यो सबै चीनले अनुदानस्वरुप बंगलादेशलाई उपलब्ध गराएको खोप भएको पनि बताइएको छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।