• राष्ट्रिय सभामा ओली भर्सेस नेपाल गुटका उम्मेदवार

  • राष्ट्रिय सभाको एक सदस्यको लागि दुबै नेकपा एमालेका उम्मेदवारले उम्मेदवारी दिएकाछन् । एमालेकै चिन्हबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’ उम्मेदवार बनेका छन् । उनलाई एमाले संस्थापक तथा ओली गुटको सहयोग छ ।
    त्यस्तै एमाले माधव नेपाल पक्षबाट भने संघीयताविद् खिमलाल देवकोटाले उम्मेदवारी दर्ता गराएका छन् । स्वतन्त्र उम्मेदवारको रुपमा उम्मेदवारी दिएका उनलाई नेपाली कांग्रेस र माओवादी केन्द्रले समर्थन तथा प्रस्ताव गरेका छन् ।
    यथास्थितिमा माधव पक्षमा उम्मेदवार खिमलाल देवकोटा बोलिया देखिएका छन् । विभाजनमा अन्तिम घडीमा रहेको एमालेलाई फुट्न नदिन पार्टी नेताहरू संघर्ष गरिरहेका छन् । तर, राष्ट्रिय सभावको निर्वाचनको लागि दुई पक्षले छुट्टा-छुट्टै उम्मेदवार उठाएका हुन् ।
    राष्ट्रिय सभावकोनिर्वाचन जेठ ६ गते हुँदै छ । २०७४ सालमा बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यमा नेकपा माओवादी केन्द्रबाट बादल निर्वाचित भएका थिए । सर्वोच्चको फैसलासँगै एमाले र माओवादी केन्द्र ब्युँतिएपछि बादल एमालेतिरै बस्ने निर्णय गरेपछि बादललाई मा‌ओवादी केन्द्रले कारबाही गरेपछि पदमुक्त भएका थिए । रिक्त पदमा पुन निर्वाचन गर्न थालिएको हो ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस