काठमाडाैं। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्रिपरिषद पुनर्गठन गरेका छन्। उनले आर्थिक मामिला तथा योजना मन्त्रीमा नेकपा एकीकृत समाजवादीका तारालामा तामाङ र राज्यमन्त्रीमा माया तामाङ बोहरालाइ नियुक्त गरेका हुन्।
उनीहरूले शुक्रबार साँझ प्रदेश प्रमुखको कार्यलयमा शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख गंगाप्रसाद यादवले आर्थिक मामिला तथा योजना मन्त्री तामाङलाई र मुख्यमन्त्री भट्टले राज्यमन्त्री बोहरालाई शपथ खुवाएका छन् ।
भदौ २२ गते एमालेका अर्थमन्त्री प्रकाशबहादुर शाह र अर्थ राज्यमन्त्री अर्चना गहतराजले पदबाट राजीनामा दिएपछि पद रिक्त थियो ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
सिफारिस
लोकप्रिय