• प्रदेश–१ मा मन्त्रिपरिषद विस्तार, दुई मन्त्री र तीन राज्यमन्त्री थपिए

  • काठमाडौं। प्रदेश–१ का मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद विस्तार गरेका छन् ।

    एमाले विभाजन भएर नेकपा एकीकृत समाजवादी बनेपछि अल्पमतमा परेका आचार्यले मन्त्रिपरिषद विस्तार गरेका हुन् । पार्टी विभाजन भएका कारण अब उनले एक महिनाभित्रै विश्वासको मत लिनुपर्छ ।

    आचार्यले तीन मन्त्री र दुई राज्यमन्त्री थपेर मन्त्रिपरिषद विस्तार गरेका हुन् । आर्थिक मामिला तथा योजना मन्त्रीमा संखुवासभाका तुलसी प्रसाद न्यौपाने, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा झापाका हिरा थापा नियुक्त भएका छन्।

    त्यस्तै तीन राज्य मन्त्रीहरु पनि नियुक्त भएका छन् । उद्योग, पर्यटन वन तथा वातावरण राज्य मन्त्रीमा सोलुखुम्बुका उत्तम बस्नेत, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्रीमा मोरङका ज्ञानेश्वर राजवंशी र आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीमा मोरङका लीलाबल्लभ अधिकारीलाई नियुक्त गरिएको छ ।

    यसअघि आचार्यको क्याबिनेटमा बलबहादुर साम्सोहाङ सामाजिक विकास मन्त्री र लछुमन तिवारीले उद्योग पर्यटन वन तथा वातावरण मन्त्री छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय