एजेन्सी। उत्तर कोरियाले पूर्वी सागरमा दुईवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । दक्षिण कोरियाको सेनाले ६ महिनापछि फेरि प्योङ्याङले ब्यालिस्टिक क्षेप्यास्त्रको परीक्षण गरेको हो।
दक्षिण कोरिया र चीनले उत्तर कोरियालाई निरस्त्रीकरणसम्बन्धी वार्तामा फिर्ता ल्याउने प्रयास गर्न वार्ता गरिरहेको बेला क्षेप्यास्त्र परीक्षण गरेको हो ।
केही दिनअघि पनि उत्तर कोरियाले लामो दूरीको क्षेप्यास्त्र परीक्षण गरेको थियो ।
अमेरिकासँगको वार्ता असफल भएपछि उत्तर कोरियाले केही वर्षदेखि हतियार विकासलाई निरन्तरता दिएको छ ।
विज्ञहरूका अनुसार हतियार निर्माण गर्ने प्रविधिमा सुधार गर्न र अमेरिकासँग वार्ताका लागि आफ्नो हात माथि राख्न प्योङयाङले परीक्षण गर्ने गरेको छ।
जापानका प्रधानमन्त्री योशिहिदे सुगाले क्षेप्यास्त्र प्रहारको आलोचना गर्दै त्यसले यस क्षेत्रमा शान्ति र सुरक्षालाई खतरामा पारेको टिप्पणी गरेका छन्।
एक सातामा उत्तर कोरियाले दोस्रो पटक क्षेप्यास्त्र परीक्षण गरेको हो । अहिले प्रहार गरिएका क्षेप्यास्त्रको लक्ष्य वा उडान दूरीबारे स्पष्ट जानकारी छैन ।
गत सोमबार पनि उत्तर कोरियाले लामो दूरीको क्रुज क्षेप्यास्त्र परीक्षण गरेको थियो । उक्त क्षेप्यास्त्रले जापानसम्म मार हान्न सक्ने बताइएको छ ।
प्योङयाङले सो क्षेप्यास्त्रलाई ठूलो महत्त्वको रणनीतिक अस्त्र बताएको छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।