• गण्डकीका मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावमा २७ गते मतदान

  • काठमाडौं। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङमाथिको अविश्वासको प्रस्तावमा २७ वैशाखमा मतदान हुने भएको छ ।

    यसअघि जनमोर्चाका सांसद खिमविक्रम शाही सम्पर्कबिहीन भएपछि १५ वैशाखको प्रदेशसभा बैठक स्थगित भएको थियो ।

    कार्यव्यवस्था परामर्श समितिको बैठकमा विपक्षी दलले २६ गते र सत्तारुढ एमालेले २८ गते मतदानको मिति प्रस्ताव गरेका थिए । सत्तारुढ र विपक्षीको अलग प्रस्तावपछि समामुख नेत्रनाथ अधिकारीले २७ गते प्रस्ताव गरेका थिए ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस