• पहिरोले अवरुद्ध मुग्लिन–नौबिसे सडकखण्ड दुईतर्फी सञ्चालनमा

  • पहिरोका कारण अवरुद्ध मुग्लिन–नौबिसे सडक सञ्चालनमा आएको छ ।

    गए राति २ः०० बजेदेखि अवरुद्ध सडक पहिरो हटाएसँगै अहिले दुइतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

    पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकै सडकमाथिबाट पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको थियो ।

    सडक सञ्चालन भएसँगै सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय