• दादुराको संक्रमण देखिएको रावतगाउँमा स्वास्थ्यकर्मी पठाइयो

  • दादुराको सङ्क्रमण देखिएको जाजरकोट रावतगाउँमा भेरी नगरपालिकाले स्वास्थ्यकर्मी पठाएर जाँच सुरु गरेको छ ।

    यहाँका विद्यालयमा गएर सबै विद्यार्थीलाई दादुराको सङ्क्रमण भए/नभएका बारेमा जाँच गरिरहेको जनस्वास्थ्य निरीक्षक दीपक ओलीले बताए ।

    जाँचबाट थप दुई जनामा दादुरा सङ्क्रमण भएको फेला परेको उनले बताए ।

    दादुरा सुरुवा रोग हो । गाउँ–गाउँमा गएर बालबालिकामा दादुरा सङ्क्रमणको अवस्था बुझ्ने क्रम सुरु गरिएको उनले बताए ।

    हप्ता दिनअघि मात्र रावतगाउँका दुई बालबालिकाको नमूना सङ्कलन गरी नेपालगञ्ज पठाइएकामा सो नमूनामा दादुरा भएको पुष्टि भएको थियो ।

    त्यसपछि नगरपालिकाले सो रोग नियन्त्रणका लागि स्वास्थ्यकर्मी परिचालन गरेको छ ।

    जनताको स्वास्थ्य नै मुख्य कुरा भएकाले गाउँमा स्वास्थ्यकर्मी परिचालन गरी घर–घरमा उपचार सेवा सुरु गरिएको नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बताए ।

    नेपालले सन् २०१९ भित्र दादुरा उन्मूलन गर्ने लक्ष्य लिएको थियो, तर यो रोगको सङ्कमणदर बढ्न थालेपछि २०२३ मा उन्मूलनको लक्ष्य सारेको छ

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय