प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले आफैंले स्थापित गरेको अभ्यास र कानूनअनुसार चल्न सभामुख अग्निप्रसाद सापकोटालाई अनुरोध गरेका छन्।
पार्टीका नेता कसलाई कारबाही गर्न हुन्छ र कसलाई कारबाही गर्न हुँदैन भन्ने कुरा सभामुखको अधिकार क्षेत्रभित्र नभएको उनको जिकिर थियो।
नेम्वाङले सभामुखले कसैप्रति भेदभाव गर्न नहुनेमा जोड दिए। नेकपा (एमाले) ले पार्टीको ह्वीप उल्लंघन गर्ने १४ सांसदलाई पदमुक्त नगरेको भन्दै संसद् बैठक अवरोध गर्दै आएको छ ।
प्रतिनिधिसभाको आजको बैठकपछि पत्रकारसँग संक्षिप्त कुरा गर्दै नेता नेम्वाङले सभामुखलाई स्थापित अभ्यासबमोजिम चल्न आग्रह गरेका हुन्।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
सिफारिस
लोकप्रिय