धनगढी। नेकपा (एकीकृत समाजवादी) पार्टीको सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारी चयन भएका छन्।
एकीकृत समाजवादीको संसदीय दलको बैठकले उनलाई सर्वसम्मत रूपमा दलको नेता चयन गरेको हो।
दलको नेताका लागि आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी र प्रदेशसभा सदस्य तारा लामा तामाङ पनि आकांक्षी देखिएका थिए। तर सुदूरपश्चिम इन्चार्ज गरिमा शाहको उपस्थितिमा बसेको बैठकबाट सोडारी सर्वसम्मत रूपमा नेता चयन भएका हुन्।
बैठकले संसदीय दलको विधान समेत पारित गरेको छ। प्रमुख सचेतक, सचेतक लगायतका पदाधिकारी भने अर्को बैठकबाट चयन गरिने एक सांसदले जानकारी दिए।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
सिफारिस
लोकप्रिय