

नेपालमा पछिल्लो २४ घन्टामा १ हजार ५६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ४४३ नमूनाको पिसिआर र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा सो संख्या संक्रमित थपिएका हुन् ।
यससँगै नेपालमा हालसम्म ८ लाख ६६ हजार ९०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज १ हजार ५८९ जना संक्रमणमुक्त भएको मन्त्रालयले । यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ७ लाख ४२ हजार ३०६ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा १९ जनाको मृत्यु भएसँगै कुल मृत्यु संख्या १० हजार ९८४ पुगेको छ । हाल मुलुकभर २६ हजार २०२ सक्रिय संक्रमित छन् ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

सिफारिस
लोकप्रिय