• ६ केजी लागुऔषध पाेल्याण्डसहित दुई जना पक्राउ

  • महानगरीय प्रहरी बृत्त कालीमाटीकाे टाेलीले छुट्टाछुट्टै स्थानबाट ६ केजी लागुऔषध पाेल्याण्डसहित दुई जनालाई पक्राउ गरेकाे छ।

    महानगरीय प्रहरी वृत्त कालीमाटीका डिएसपी अपिल बाेहाेराका अनुसार पक्राउ पर्नेमा मकवानपुर थाहा नगरपालिका–७ घर भई संतुङ्गल बस्ने वर्ष २२ का राजेन्द्र अर्याल र धादिङ थाक्रे गाउँ पालिका ५ घर भई गुर्जुधारा बस्ने वर्ष १९ काे कविर तामाङ छन् ।

    पक्राउ परेका अर्यालले कंलकी क्षेत्रमा बेच्नविखन गर्ने सुचनाका आधारमा ३ केजी पाेल्याण्ड र नगद १८ हजार बरामद भएकाे थियाे । अर्यालकाे संतुगलमा रहेकाे डेरामा चेकजाँच गर्ने क्रममा थप १ केजी २ सय ग्राम गरि ४ केजी २ सय ग्राम फेला परेकाे कालिमाटी वृत्तले जनाएको छ।।

    साथै प्रहरीले तामाङकाे साथबाट १ किलाे ९५० ग्राम फेला परेकाे हाे ।

    पक्राउ परेका दुईलाई लागुऔषध ऐन २०३३ अन्तर्गत म्याद थप गरी अनुसन्धान सुरू गरिएकाे छ ।

    प्रहरीले एक जनालाई कंलकी क्षेत्रवाट पक्राउ गरेकाे हाे भने अर्कालाइ चन्द्रागिरि गुर्जुधाराबाट पक्राउ गरिएकाे हाे ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय