• भच्चेक स्वास्थ्य चौकीलाई गोरखा हङकङ समाजद्वारा स्वास्थ्य सामग्री सहयोग

  • काठमाडौँ । गोरखाको अजिरकोट गाउँपालिका ३ स्थित भच्चेक स्वास्थ्य चौकीलाई गोरखा हङकङ समाजले विभिन्न स्वास्थ्य उपकरण र स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

    सूर्यप्रसाद गुरुङ र ईश्वर गुरुङको पहल तथा वडाअध्यक्ष तयाराज गुरुङको समन्वयमा गोरखा हङकङ समाजले
    इसीजी मेसिन, डेलिभरी किट्स, स्यानीटाइजर, मास्कलगायतको स्वास्थ्य सामग्री सहयोग गरेको हो । उक्त सामग्रीहरु वडा अध्यक्ष गुरुङले गाउँपालिकाका स्वास्थ्य प्रमुख सुरेश दवाडी र भच्चेक स्वास्थ्य चौकीका डाक्टर अभिशेक कुँवर, स्वास्थ्य चाैकीका ठाकुर भट्टलगायतलाई संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् । हस्तान्तरण कार्यक्रममा गाेरखा हङकङ समाजका सदस्य रञ्जित श्रेष्ठलगायत पनि सहभागी थिए ।

    भच्चेक स्वास्थ्य चौकी, अजिरकोट गाउँपालिकासँगै सिरान्चोक गाउँपालिका, लम्जुङको दुधपोखरी गाउँपालिकाका स्थानीयले स्वास्थ्य सेवा लिने मुख्य स्वास्थ्य संस्था हो । वडा अध्यक्ष गुरुङको समन्वयमा यसअघि पनि विभिन्न ठाउँबाट भच्चेक स्वास्थ्य चौकीलाई सहयोग प्राप्त भएको थियो ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय