• सरकार पूर्ण असफल : कांग्रेस

    nepali congress flag
  • प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार पूर्ण असफल भएको निश्कर्ष निकालेको छ । काग्रेसको संगठन विभागले सरकार र सत्तारुढ एमालेका कारण राजीति अन्योलपूर्ण बनेको तथा महामारीको व्यवस्थापनमा पनि सरकार असफल देखिएको उल्लेख गरिएको छ ।

    “नेपाल कम्युनिस्ट पार्टी (एमाले) नेतृत्वमा रहेको वर्तमान सरकारको चरम लापरवाही, गैर जिम्मेवारपूर्ण रवैया र असंवेदनशील कार्यका कारण एकातिर देशको राजनीति अनिश्चित, अन्योल र संकटग्रस्त देखिन्छ भने अर्कोतिर कोरोना महामारीको दोश्रो लहरसँगै मानवीय जीवनको रक्षा गर्न सरकार असक्षम रहेको छ।” संगठन विभागप्रमुख गोपालमान श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ,

    कोराना भाइरसको विश्वव्यापी असर अब विस्तारै छिमेकी मुलुक भारत हुँदै नेपालमा पनि द्रुतगतिमा फैलिसकेको भन्दै पहिलो लहरको तुलनामा यो नयाँ स्वरुपको कोरोनाको असर सक्रमक र मृत्युदरको आधारमा अत्यन्त घातक देखिएको उल्लेख गरिएको छ। “पिसीआर परिक्षण गरिएका करिव ४७ प्रतिशतमा कोरोनाको सक्रमण पुष्टि भएको पाइएबाट पनि कोभिड-१९ को महामारीको असर व्यापक र सघन हुने प्रस्ट छ,” विज्ञप्तिमा भनिएको छ, “तर, सरकार यस महामारी विरुद्धको लडाइलाई प्रभावकारी वनाउनुको साटो सत्ताको झिनाझपट मै अलमलिएको देखिन्छ। कोभिड१९को रोकथाम र नियन्त्रण गर्न आवश्यक कदम चाल्नुको साटो विधमान स्वास्थ्य प्रणालीले कोराना नियन्त्रण गर्न नसक्ने औपचारिक घोषणा गरि जनतामा ढाडस होइन सन्त्रास फैलाउन र आफ्नो जिम्मेवारीवाट भाग्ने प्रयास गर्दैछ। संक्रमण नियन्त्रणका लागि संघ , प्रदेश र स्थानीय तहबीच समन्वय गरि आईसोलेसन केन्द्र, क्वारेन्टाइन र होल्डिङ्ग सेन्टरको निर्माण गर्न सरकार असफल भएको छ ।”

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस