• प्रहरी सार्वजनिक गर्‌यो संखुवासभा सामूहिक हत्याकाण्डका आरोपित

  • संखुवासभाको मादी नगरपालिका-१, उम्लिङ खोलागाउँका एकै परिवारका ६ जनाको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका लोकबहादुर कार्कीलाई प्रहरीले सार्वजनिक गरेको छ।

    मादी- १ का तेजबहादुर कार्कीसहित उनको परिवारका ६ जनाको हत्या आरोपमा शनिबार पक्राउ परेका लोकबहादुरलाई प्रहरीले आइतबार जिल्ला प्रहरी कार्यालय खाँदबारीमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।

    मादी नगरपालिका–१ उमलिङमा गत सोमबार बिहान एकै परिवारका ६ जनाको हत्या भएको थियो । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले शनिबार बिहान अभियुक्त लोकबहादुरलाई पक्राउ गरेको थियो ।

    अभियुक्त कार्कीले ६ जनालाई आफूले नै हत्या गरेको प्रहरीसमक्ष स्वीकारेका छन् । उनी मृतकका परिवारका नाती पर्छन् । मादी–१ उम्लिङको खोला गाउँमा एकैपरिवारका ५२ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ११ वर्षीय दीपेन कार्की र नातिनी सात वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय