• सन्धिको गलत अर्थ कसरी लगाइन्छ ?

    २०७८ भाद्र २७, आईतवार ११:४१ मा प्रकाशित
  • विश्व पौडेल
  • यसको एउटा उदाहरण नेपाल सरकारले एमसिसीको अनुदान लिएपछि लिएपछि अमेरिकी नीति वा स्वार्थ मान्नुपर्छ भनेर केहीले मच्चाएको कोकोहोलो हो।

    सर्वप्रथम सन्धि हेरौं। के भनिएको छ? उक्त सन्धिका विरोधिहरुले यसको termination सम्बन्धी शर्तहरुमा (दफा ५, अंग्रेजी version )भएका कुरा देखाएका छन। सर्वप्रथम त त्यहाँ दुवै पक्षले ३० दिनको सुचना दिएर कुनै कारण नभनिकनै सम्झौता रद्द गर्न सक्ने भनिएको छ। अर्थात नेपालले ३० दिनको सुचना दिएर सम्झौता रद्द गर्न सक्छ, अमेरिकाले पनि गर्न सक्छ। त्यसपछि सन्धिले अर्को बुँदामा यसो भनेको छ:

    MCC may, immediately, upon written notice to the Government, suspend or terminate this Compact or MCC Funding, in whole or in part, and any obligation related thereto, if MCC determines that any circumstance identified by MCC, as a basis for suspension or
    termination (as notified to the Government in writing) has occurred, which circumstances include but are not limited to the following
    ..
    …the Government or any other person or entity receiving MCC Funding or using Program Assets is engaged in activities that are contrary to the national security interests of the United States;

    अर्थात अनुदान पाउनेले अमेरिकी राष्ट्रिय सुरक्षा इन्टरेस्ट विपरित काम गरे एमसिसीले अनुदान सस्पेन्ड वा अन्त गर्न सक्नेछ (may भन्ने शब्द प्रयोग गरिएको छ) ।

    झट्ट हेर्दा यसलाई अमेरिकाको राष्ट्रिय सुरक्षा विपरित काम गर्न नपाईने शर्त राखिएको हो भन्न सकिन्छ कि जस्तो लाग्छ, मुख्य गरी कहिल्यै सन्धि नगरेका व्यक्तिहरुलाई र आयोजनाहरु कसरी सम्पन्न गरिन्छ भनेर नबुझेकाहरुलाई । पहिला यो शर्त भनेको के हो भन्ने बुझौं:

    तपाईंले वैंकको कर्मचारी हायर गर्दा “हाम्रो वैंकको प्रतिस्पर्धी अरु वैंकमा जागिर गरेको पाइएमा यो वैंकले दिएको सुविधा रोक्नेछ” भन्नु को अर्थ अरु वैंकमा जागिर खोज्न पाइदैन भनेको हैन। गयौ भने मैले दिएको तलब दिन्नँ भनेको हो।

    त्यस्तै एमसिसीको अनुदान पाएको तेश्रो वर्ष मानौं अमेरिका र मेक्सिकोको विच युद्ध भयो। हामीले उक्त युद्धमा मेक्सिकोको साथ दिने भयौं भने त्यसपछी अमेरिकाले हामीलाई अनुदान नदिन सक्छ भनेको हो, हामीले मेक्सिकोको साथ दिन नपाउने भनेको हैन।

    मानौं, हामीले अमेरिकामा आतंककारी गतिविधी गर्ने संगठनलाई सहयोग गर्ने निर्णय गर्‍यौ। यो सन्धिले त्यसपछी अमेरिकाले हामीलाई पैसा नदिन सक्छ भनेको हो। तर सहयोग गर्न पाइदैन भनेको हैन, कसैले त्यो भन्न सक्दैन।

    कुन देशले मेरो राष्ट्रिय दुश्मनसँग लागे पनि, मेरो विरोधी गतिविधी गरेपनी तिमीलाई सहयोग सधैं जारी राख्नेछु भनेर लेखेर दिन्छ त? तर यसको अर्थ उसको विरोधमा काम गर्न पाइन्नँ भनेको हैन। त्यो गर्न त पाईन्छ तर त्यो गरेमा यो आइरहेको पैसा नआउन सक्छ भनेको हो।

    सहायता दिने अरु मित्रराष्ट्रहरुको शर्तहरु यि भन्दा कडा भएको उदाहरण छन।

    अमेरिकाको हकमा वर्षौं देखी हामीले पाएको USAID को अनुदान हेरौं। संयुक्त राष्ट्र संघमा हामीले सधैं जसो प्यालेस्टाइनको पक्षमा र इजरायलको विरोधमै भोट् हाल्थ्यौं। अमेरिकी सुरक्षा नीति विपरित भएपनी उक्त अनुदान रोकिएन।

    विश्व पौडेलको फेसबुकबाट

    सिफारिस
    लोकप्रिय