• कोरोनाका बिरामीलाई अक्सिजन जुटाउँदै पल शाह

  • कोरोनाको महामारी बढ्दै गएपछि नेपाल सरकारले २०७६ चैतबाट लकडाउन गर्यो । लकडाउन घोषणा भएपछि फिल्म क्षेत्र ठप्प रह्यो । कलाकारदेखि प्राविधिकसम्म घरमा नै थुनिए ।

    लकडाउनका कारण फिल्म प्राविधिकहरु आर्थिक संकटमा परे । उक्त खबर अभिनेता पल शाहले सुने र आफैँ सहयोगमा खटिए । उनले प्राविधिकहरुको लागि व्यक्तिगत रुपमा नै ५ लाख रुपैयाँ सहयोग गरेका थिए ।

    कोरोनाको दोस्रो लहर सुरु भएपछि काठमाडौं उपत्यकालगायत दर्जनौं जिल्लामा निषेधाज्ञा जारी भएको छ । त्योसँगै फिल्म क्षेत्र पुन: पज भएको छ । कलाकारहरु फुर्सदिला बनेका छन् ।

    तर, पलले घरमा थुनिएर बस्ने पक्षमा छैनन् । उनी ‘हाम्रो टिम नेपाल’को सहकार्यमा मैदानमा उत्रिएका छन् । उनीहरुले आर्थिक अभावमा छट्पटिएका कोभिड-१९ का बिरामीका लागि अक्सिजन जुटाइरहेका छन् ।

    पल अहिले आर्थिक अभावका कारण कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्येश्यले मैदानमा उत्रिएको बताउँछन् ।

    उनी भन्छन्, ‘आर्थिक अभावमा अक्सिजन नपाएर कोभिडका बिरामीले ज्यान गुमाउनुपरेको खबर सुनियो । त्यस्ता विपन्न बिरामीका लागि अक्सिजन जुटाउन हामी लागि पारेका छौँ ।’

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय