• देशभर ९९४ जनामा कोरोना पुष्टि, १३६८ भए संक्रमणमुक्त

  • नेपालमा पछिल्लो २४ घण्टामा ९९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार शनिबार ९ हजार ८४० जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

    त्यस्तै आज १ हजार ३६८ संक्रमित निको भएका छन् । अहिलेसम्म ७ लाख ३८ हजार ३४ जना निको भएका छन् ।

    कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ । योसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ९३६ पुगेको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस