• आजको मौसम : देशैभरी मौसम सामान्य परिवर्तन हुने

  • काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज विहान देशभर आँशिकदेखि सामान्य वदली रही कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भएको छ ।

    आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । “काठमाडौंमा आज आंशिक बदलीको सम्भावना रहेको छ । र, हल्का वर्षाको सम्भावना छ,” मौसमविद् समीर श्रेष्ठ भन्छन्, “देशभर करिब काठमाडौैंकै जस्तै मौसम हुने छ । भारी वर्षा गराउने मौसमी प्रणाली छैन ।”

    आज राति देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । माैसमविद् श्रेष्ठका अनुसार आगामी तीन दिन भारी वर्षा गराउने मौसमी प्रणाली विकास भएको छैन ।

    देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम सँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क हुन विभागको आग्रह छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय