• प्रधानमन्त्रीले मागे विश्वासको मत, कांग्रेसले भन्यो,–दिन सक्दैनाैं

  • काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नसक्ने जवाफ दिएको छ।

    पार्टीका नेताहरुसहित कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन लागेको भन्दै सहयोग मागेका थिए । जवाफमा कांग्रेसले आफूहरू प्रतिपक्षी दल भएको भन्दै सहयोग गर्न नसक्ने जवाफ दिएको थियो।

    एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओली उपप्रधानमन्त्री एवं एमाले महासचिव ईश्वर पोखरेल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा बादल र अर्थमन्त्री विष्णु पौडेलसहित देउवा निवास बुढानीलकण्ठ पुगेका थिए।

    कांग्रेसको तर्फबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्धय डा.शशांक कोइराला, पूर्णबहादुर खड्का र सहमहामन्त्री प्रकाशशरण महत सहभागी भएका थिए।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस