• एमसीसीकी उपाध्यक्ष सुमारलाई जसपाले भन्यो : प्रमुख दलहरुबीच सहमति गरेर निर्णय लिन्छौँ

  • काठमाडौं । अमेरिकी सहयोग सम्बन्धी परियोजना ‘मिलिनियम च्यालेन्ज कर्पोरेसन’ ९एसीसी० उपाध्यक्ष फतिमा सुमारले जनता समाजवादी पार्टी (जसपा) नेपालका नेताहरूलाई भेटेकी छन् । बिहीबार साँझ भएको भेटवार्तामा जसपाले प्रमुख दलहरूबीच सहमति गरेर आवश्यक निर्णय लिने जवाफ दिएको जसपा संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले ट्विटरमार्फत जानकारी दिएका छन् ।

    ‘नेपाल भ्रमणमा रहेका एमसीसीका उपाध्यक्ष र सहायक उपाध्यक्षसँग उपयोगी छलफल ! प्रमुख दलहरूबीच सहमति गरेर आवश्यक निर्णय गरिने जानकारी,’ भट्टराईले लेखेका छन् ।भेटवार्तामा जसपा अध्यक्ष उपेन्द्र यादव पनि थिए ।

    यसअघि आजै एसीसी उपाध्यक्ष सुमारले प्रतिपक्षी दलक एमालेका अध्यक्ष केपी शर्मा ओली र सत्ता थठबन्धन दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालसँग छलफल गरेकी थिइन् ।

    नेपालको चारदिने भ्रमणका लागि एमसीसीको उच्च नेतृत्व बिहीबार काठमाडौं आइपुगेको हो । नेपाल रहँदा उनले प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न राजनीतिक दलका नेताहरूसँग भेटवार्ता गर्ने कार्यसूची रहेको छ ।

    नेपालमा एमसीसीलाई लिएर चौतर्फी विरोध भइरहेका बेला एमसीसीको उच्च नेतृत्व काठमाडौँ आएको हो

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय