काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटीको बैठक आज बस्दैछ ।
एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए अनुसार बैठक आज अपराह्न ४ बजे तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्न लागेको हो ।
आजको बैठकका लागि दुई वटा एजेन्डा तय भएको तामाङले जानकारी दिए ।
पहिलो, विधान महाधिवेशन (प्रतिनिधि, दस्तावेज र व्यवस्थापन तयारी रहेको छ । त्यसैगरी दोस्रो एजेण्डामा चालु संसद्मा पार्टीको भुमिका रहेको छ ।
नेकपा एमाले विभाजनको सन्दर्भमा सभामुखको भूमिकालाई लिएर एमालेले बुधबारको प्रतिनिधि सभा र राष्ट्रिय सभा अवरोध गरेको थियो । एमालेले एकीकृत समाजवादीका सांसद्हरुलाई सदनबाट निष्कासन गर्न माग गरेको थियो ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।